Logo

तेह्रौँ साग : तेक्वान्दोमा भूपेनलाई स्वर्ण



Spread the love

१९ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत पुरुष तेक्वान्दोमा नेपालका भूपेन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका छन् । उनले फाइटतर्फ ८७ किलोमुनिको तौल समूहमा आज स्वर्ण पदक जितेका हुन् ।

ललितपुरको सातदोबाटोमा भएको स्पर्धामा भूपेनले भारतका अक्षय होडालाई २९–२६ अङ्कले पराजित गरेका हुन् । उक्त स्पर्धामा बङ्गलादेशका रसेल खान र श्रीलङ्काका चर्मा थरिन्दुले कास्य पदक प्राप्त गरे ।

तेह्रौँ सागमा नेपालले हालसम्म तेक्वान्दोतर्फ १२ स्वर्ण पदक ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्