Logo

साग पुरुष क्रिकेट: कमजोर माल्दिभ्सविरुद्ध नेपालको सहज जित



Spread the love

२० मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलुकद प्रतियोगिता (साग) अन्तर्गतको पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा ७९ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७, इब्राहिम हसनले नटआउट १२, मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे । बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र सुशन भारीले २/२ विकेट र पवन सर्राफले १ विकेट हात पार्यो ।

यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो ।नेपाललाई बलियो योगफल सम्म पुर्याउन करण केसीले १६ बलको सामना गर्दै अविजित ४० रनको योगदान दिए । दिपेन्द्र ऐरीले सर्वाधिक ३६ बलमा ३९ रन बनाए ।

नेपाली टोलीले एकपछि अर्को विकेट पतन हुँदा उपकप्तान दिपेन्द्र ऐरिले इनिङ सम्हालेका थिए । पारस खड्का ११ ,आरिफ सेख १७ , कप्तान ज्ञानेन्द्र मल्ल १९ रन रोहितकुमार पौडेल १०, विनोद भण्डारी १९ बनाए । पवन सर्राफले खाता नै खोल्न सकेनन् ।

माल्दिभ्सका लिम शफिगले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । आमिल माउरुफले २, मोहम्मल महफूज र उमर एडमले १–१ विकेट लिए । कमजोर माल्दिभ्सविरुद्ध नेपालले आफ्नो स्तर अनुसारको ब्याटिङ गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्