Logo

तेह्रौँ साग : ८१ स्वर्णसहित भारत शीर्ष स्थानमा



Spread the love

२१ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल पदक तालिकाको दोस्रो स्थानमा कायमै छ ।

शुक्रबारका खेल सकिँदासम्म भारतले ८१ स्वर्ण, ५९ रजत र २५ कास्यसहित कूल १६५ पदक जितेको छ । नेपाल ४१ स्वर्ण, २७ रजत र ४८ कास्यसहित कूल ११६ पदक जितेको छ । यस्तै श्रीलङ्का २३ स्वर्ण, ४२ रजत र ६९ कास्यसहित तेस्रो, पाकिस्तान १९ स्वर्ण, २५ रजत र २९ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १८ रजत र ५१ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

नेपालले शुक्रबार गल्फमा दुई तथा पौडी, एथलेटिक्स र भारोत्तोलनमा एक एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका ः

देश       स्वर्ण      कास्य     रजत     जम्मा
भारत      ८१         ५९         २५      १६५
नेपाल      ४१         २७         ४८       ११६
श्रीलङ्का     २३        ४२         ६९       १३४
पाकिस्तान  १९        २५         २९        ७३
बङ्गलादेश    ४         १८         ५१        ७३
माल्दिभ्स      १         ०            २           ३
भूटान         ०           ०           ६           ६

प्रतिक्रिया दिनुहोस्