Logo

तेह्रौँ साग : बक्सिङका तीन खेलाडी सेमिफाइनलमा



Spread the love

२१ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत बक्सिङतर्फ तीन खेलाडी सेमिफाइनल प्रवेश गरेका छन् । ललितपुरको सातदोबाटोस्थित कभर्ड हलमा शुक्रबार भएको प्रतिस्पर्धामा पुरुषतर्फ तीन खेलाडी सेमिफाइनलमा पुगेका हुन् ।

नेपालबाट सुशील थापामगर ४९ किलो लाइट फ्लाइमा श्रीलङ्काका नुवान कुमारालाई पराजित गरी सेमिफाइनलमा पुगेका छन् । यस्तै ६० किलो लाइट वेटमा सुनिल शाही भुटानका निमा दोर्जीलाई हराएर सेमिफाइनल प्रवेश गरे । भुपेन्द्र थापाले ६४ किलो लाइट वेटमा भुटानकै वाङ्दी दोर्जेलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाए । स्वर्ण पदकको दाबेदारका रुपमा हेरिएका दीपक श्रेष्ठ भने ७५ किलो तौलमा भारतका अङ्कित खतानासँग नकआउट भए । उनि तेस्रो बाउट खेल्ने क्रममा रिङ्मै ढलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्