Logo

प्रेस सङ्गठन कर्णाली प्रदेशको एकता टुङ्गो



Spread the love

२१ मंसिर, कर्णाली – प्रेस चौतारी र प्रेस सेन्टर नेपालबीचको एकता प्रक्रिया शुक्रबार कर्णाली प्रदेशमा टुङ्गो लागेको छ ।
प्रेस सङ्गठन नेपालका कर्णाली प्रदेश इञ्चार्ज ध्रुवविक्रम बुढाथोकी, संयोजक बीरबहादुर गिरी, सहसंयोजक प्रतीकइच्छुक शर्मा र केन्द्रीय सदस्य सहभागी बैठकको छलफलबाट कर्णाली प्रदेशसहित यहाँका १० जिल्लामा दुवै सङ्गठनबीचको एकता प्रक्रिया टुङ्गो लागेको हो ।

एकता प्रक्रियाका साथै सङ्गठनको हाललाई ८३ सदस्यीय कर्णाली प्रदेशस्तरीय समिति गठन गरिएको सङ्गठन नेपालका कर्णाली प्रदेशका इञ्चार्ज बुढाथोकीले जानकारी दिए । त्यसैगरी शुक्रबार बसेको बैठकले यहाँका १० जिल्लाका दुवै सङ्गठनबीचको एकतालाई पनि टुङ्ग्याएको उनले बताए । सोअनुरुप हुम्लामा संयोजक नरजङ्ग तामाङ र सहसंयोजक मिमसिंग नेपाली, डोल्पामा संयोजक कमल बुढा र सहसंयोजक रामचन्द्र न्यौपाने, मुगुमा संयोजक वसन्त बागचन र सहसंयोजक देवीकृष्ण रोकाया तथा जुम्लामा संयोजक उपेन्द्र न्यौपाने र सहसंयोजक मानदत्त रावल चयन भएका छन् ।

त्यस्तै कालीकोटमा संयोजक भरतराज विष्ट र सहसंयोजक अर्जुन भट्टराई, दैलेखमा संयोजक पुरुषोत्तम थापा र सहसंयोजक कृष्णप्रसाद देवकोटा तथा जाजरकोटमा संयोजक हेमन्त केसी र सहसंयोजक भरत शर्मा चयन हुने गरी सङ्गठन नेपालको एकता टुङ्गिएको सङ्गठन नेपाल कर्णाली प्रदेशका संयोजक वीरबहादुर गिरीले जानकारी दिए ।

यता रुकुम पश्चिममा संयोजक मेगराज खड्का र सहसंयोजक दीपक थापा, सल्यानमा संयोजक मनिा बुढाथोकी र सहसंयोजक टीकाराम भण्डारी, सुर्खेतमा संयोजक धर्मराज जिसी र सहसंयोजक दीपेन्द्र वलीलाई चयन गरी प्रेस संगठन नेपालको एकता टुङ्गो लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्