Logo

तेह्रौँ साग : १०६ स्वर्णसहित भारतको अग्रता कायमै



२२ मंसिर, काठमाडाैँ – तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ ।

यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।

नेपालले शनिबार म्याराथन र कुस्तीमा एकएक स्वर्णपदक जितेको हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जितेका हुन् । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जितेका थिए । यस्तै सागअन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जितेका हुन् । उनले बङ्गलादेशका खेलाडीलाई पराजित गरे । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो ।

साग पदक तालिका ः

देश           स्वर्ण         कास्य         रजत         जम्मा
भारत         १०६         ६९             ३५             २१०
नेपाल         ४३            ३३            ६२            १३८
श्रीलङ्का         ३०            ५४         ८३            १६७
पाकिस्तान     २१            १८         ३४             ८३
बङ्गलादेश       ७            २२         ५४            ८३
माल्दिभ्स         १              ०         २                 ३
भूटान             ०              ०           ६                ६

समाजमा सकारात्मक परिवर्तनको लागि हरदम तत्पर माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर डट कम सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्