Logo

राष्ट्रिय निर्माण दिवसमा र्यालीसहित रक्तदान



Spread the love

२२ मंसिर, काठमाडाैँ – नेपाल निर्माण व्यवसायी महासङ्घले १२आँैं राष्ट्रिय निर्माण दिवस २०७६ का अवसरमा राजधानीमा आज र्याली निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट शुरु भएको र्याली माइतीघर, बबरमहल हुँदै महासङ्घ सचिवालय अनामनगरसम्म पुगेको थियो ।

र्यालीको उद्घाटन महासङ्घका सल्लाहकार रमेश शर्माले गरे । र्यालीका सहभागीले “समृद्ध नेपाल, सुखी नेपाली–निर्माणबाट समृद्धि, पूर्वाधार निर्माण विकासको आधार, सार्वजनिक निर्माण सबैको सरोकार, श्रमिक र व्यवसायी निर्माण उद्योगका पर्यायवाची” लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सोही अवसरमा महासङ्घका सल्लाहकार शर्मा र अध्यक्ष रवि सिंहले संयुक्त रुपमा महासङ्घको मुखपत्र ‘निर्माण सञ्चार’ को विमोचन गरे । राष्ट्रिय निर्माण दिवसकै अवसरमा महासङ्घले आज नै सचिवालयमा गरेको रक्तदान कार्यक्रममा २६ ले रक्तदान गरेका छन् । रक्तदातालाई महासङ्घका अध्यक्ष सिंह लगायत पदाधिकारीले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । महासङ्घले प्रत्येक वर्ष मङ्सिर २२ मा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्