Logo

१३ औं साग पुरुष क्रिकेटमा नेपाललाई कास्य



Spread the love

२३ मंसिर, काठमाडौं ।  दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा नेपालले कास्य पदक हात परेको छ। सोमबार बिहान भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो।

मालिल्दभ्सले दिएको ९५ रनको विजयी लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो । नेपालको लागि आरिफ शेखले सर्वाधिक ३२, कप्तान ज्ञानेन्द्र मल्लले २२, बिनोद भण्डारीले १२, रोहितकुमार पौडेल १५ रन, पवन सरार्फले १० रन पारस खड्काले ३ रन र दिपेन्द्रसिंह ऐरीले २ रन बनाए। माल्दिभ्सका लागि उमर एडमले ३ विकेट हात परेको थियो ।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ थालेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । उसका लागि लेम शफीगले १९ रन बनाए भने मोहम्मद रिशवनले १७ रन जोडे ।

नेपालका ललितनारायण राजवंशीले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्