Logo

साग महिला फुटबल: नेपालको स्वर्ण जित्ने सपनामा पुन: भारत बाधक, रजतमै सिमित



Spread the love

 

२३ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल रजत पदकमा सिमित भएको छ । पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित भएको हो ।

भारतका लागि बाला देवीले २ गोल गरिन् । डिफेन्स र गोलरक्षकबीच तालमेल नमिल्दा बालादेवी खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाइन् । त्यसपछि नेपाल खेलमा फर्कन नसक्दा २-० को हार व्यहोर्यो ।

अघिल्लो संस्करणमा पनि नेपाल आयोजक टिम भारतसँग २-१ गोलले पराजित हुँदा रजतमै चित्त बुझाउन बाध्य भएको थियो।

प्रतिक्रिया दिनुहोस्