Logo

हरि खड्काद्वारा महिला टोलीको मुख्य प्रशिक्षकबाट राजिनामा



Spread the love

२३ मंसिर, पोखरा । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकबाट हरि खड्काले राजिनामा दिने घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएलगत्तै खड्काले राजिनामा दिने घोषणा गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हारको सबै जिम्मेवारी आफुले लिदै राजीनामा दिएको निर्णय गरे ।

उनलाई एन्फाले गत वर्ष महिला फुटबलको प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्