Logo

कप्तान निरु र मनमायाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



Spread the love

२३ मंसिर, पोखरा । महिला राष्ट्रिय फुटबल टोली कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा सोमबार भारतसँग २–० ले पराजित भएसंगै निरु र मनमायाले सन्यासको घोषणा गरेका हुन् ।

२०१० बाट राष्ट्रिय टोलीमा डेब्यू गरेकी निरुले पछिल्ला खेलमा नेपालको कप्तानी गरिन् । विभागीय क्लब नेपाल पुलिसमा रहेकी निरु क्लबबाट भने खेल्ने छिन् । मनमाया लिम्बु २०१४ बाट राष्ट्रिय टिमकी सदस्य हुन् ।

निरु फरवार्ड र मनमाया डिफेन्स हुन् । निरुले सागमा टोलीलाई स्वर्ण पदक दिलाएर सन्यास लिने चाहना रहेको बताउँदै आएकी थिइन् । तर, उनको इच्छा भने पुरा हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्