Logo

२० वर्षपछि मिनुले दिलाइन् बक्सिङमा नेपाललाई पहिलो स्वर्ण



Spread the love

२३ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ ५४ केजीमा मिनु गुरुङले स्वर्ण पदक हात पारेकी छन् । जारी सागमा नेपालको यो ४६ औं स्वर्ण पदक हो ।

मिनुले फाइनलमा सोमबार भारतीय खेलाडीलाई पराजित गरेकी थिइन् । साथै सागमा बक्सिङबाट नेपालको २० वर्षपछि पहिलो स्वर्ण हो । सन् १९९९ मा काठमाडौंमै भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

आजै भएको ४८ केजी तौल समूहको फाइनलमा भारतीय खेलाडीसँग पराजित हुँदै नेपालकी ललिता महर्जन रजत पदकमै सीमित भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्