Logo

प्रहरीद्वारा रंगशाला हाताभित्रै पत्रकारमाथि कुटपिट



Spread the love

२४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन रंगशालामा प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । भुटानसँग हुने नेपालको फाइनल खेलको टिकट लिन गएका दर्शकहरु टिकट सकिएको थाहा पाएपछि विरोधमा उत्रिएका थिए । त्यसपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको हो । त्यसको रिपोर्टिङ गर्ने क्रममा नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिट गरेको हो ।

पत्रकार चापागाईंलाई डिएसपी एसएस राठोरलगायत प्रहरीले आधिकारिक एक्रिडेसन कार्ड लगाएको अवस्थामा नै कुटपिट गरेको हो । तीन प्रहरीले रंगशाला भित्र नै पत्रकार चापागाईंलाई कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्