Logo

साग पुरुष फुटबल: पहिलो हाफमा नेपाल र भुटान १-१ को बराबरीमा



Spread the love

२४ मंसिर, काठमाडौं । १३ औं सागको पुरुष फुटबल अन्तर्गत जारी खेलमा भुटानले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ। चेन्चो ग्याल्चेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएका हुन्।

यस अघि खेलको १६ औं मिनेटमा अभिषेकले ६ यार्ड बक्सनजिकबाट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनले विकास खवासको लामो थ्रो इनलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रण गर्दै गोल गरे ।

यसअघि नेपालले खेलको १२ औं मिनेटमा नै सुजल श्रेष्ठलाई गुमायो । पछिल्लो खेलमा चोट बोकेका उनको स्थानमा राजेश परियार मैदान प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्