Logo

स्वर्ण विजेता खेलाडीलाई ९ लाख दिने प्रधानमन्त्री ओलीको घोषणा, दुई स्वर्णलाई ११ लाख



Spread the love

२५ मंसिर, काठमाडौं । १३ औं सागमा स्वर्ण हात पार्ने खेलाडीलाई ९ लाख रुपैयाँ दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख र एकभन्दा बढी स्वर्ण हात पार्ने खेलाडीलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

ओलीले साग प्रतियोगितामा दुईभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई जनही ११ लाख, एउटा मात्र स्वर्ण जित्नेलाई ९ लाख, रजत विजेता खेलाडीलाई ६ लाख र कास्य जित्ने खेलाडीलाई तीन लाख रुपैयाँ सरकारको तर्फबाट दिने घोषणा गरेका हुन्। अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली सागमा पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएर पुरस्कार राशिको घोषणा गरेका हुन् । सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र कास्य ९५ गरी कुल २०६ पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्