Logo

जापानी टोलीसँग नेपाल निलो पराजित



Spread the love

२८ मंसिर, काठमाडाैँ – मैत्रीपूर्ण खेलमा जापानको यु–२३ फुटबल टोलीसँग नेपालको निलो टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपाली जापानी टोलीसँग ४–० गोलले पराजित भएको हो । ¬

भोला सिलवालको कप्तानीमा रहेको नेपालको निलो टोलीविरुद्ध जापानी टोलीका लागि खेलको ३०औँ मिनेटमा मासिको सुगिताले गोल गरेका थिए । खेलको ४९औँ मिनेटमा सुगिताले नै जापानी टोलीका लागि दोस्रो गोल गरे । खेलको ६२औँ मिनेटमा टोशिकी सासाकीले तेस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा तोसीकी सासाकीले चौथो गोल गरे । जापानी टोलीले आइतबार ए’ डिभिजन क्लब मनाङ मस्र्यायाङ्दी क्लबसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्