Logo

शहिद स्मारक ए डिभिजन लिगः च्यासल युथ क्लब विजयी



Spread the love

१ पुस, काठमाडाैँ – शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत च्यासल युथ क्लबले सङ्कटालाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको लिगको दोस्रो खेलमा च्यासलले सङकटालाई २–० गोलले हराएको हो ।

च्यासलका लागि कप्तान सन्तोष साहुखलले दुई गोल गरेका थिए । उनले पहिलो हाफको ४१औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो हाफको ८४औँ मिनेटमा सन्तोषले नै दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी गराएका थिए । उनी खेलको म्यान अफ दी म्याच भए । जितसँगै च्यासलले तीन अङक जोडेको छ ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौले रु सात लाख र छैटौं हुनेले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । हरेक खेलको विजेताले रु ५० हजार प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताका उत्कृष्ट पाँच स्ट्राइकर, मिडफिल्डर, डिफेन्डर, गोलकीपर र प्रशिक्षकले जनही रु एक लाख ५० हजार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई रु १० हजार तथा प्रतियोगिताको फेयर प्ले टिमले रु एक लाख पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्