Logo

पीपीएल: पोखराले दियो चितवनलाई १०८ रनको सामान्य लक्ष्य



Spread the love

१ पुस, काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को चौथो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको पोखरा २० ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो ।

पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए। उनले ३९ बलमा ३ चौका र ३ छक्काको मद्धतले ४५ रन जोडेका हुन्। उनी बाहेक कुशल मल्लले १३ रन बनाउँदा आशिफ शेख, राशिद खान र रभिइन्दर सिहंले समान १०/१० रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

सन्नी पटेलले ४ ओभरमा १ मेडन सहित १५ रन खर्चेर २ विकेट लिए । रोहन मुस्तफाले २ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । भुवन कार्कीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । पारस खड्का, करण केसी र बिक्रम शोबले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्