Logo

पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला



Spread the love

१ पुस, काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति एवम् पूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । नोभेम्बर ३, २००७ मा संकटकालको घोषणा गरेको मुद्दामा उनलाई दोषी ठहर गरिएको हो ।

पेशावर उच्च अदालतका मुख्य न्यायधीश सम्मिलित तीन सदस्यीय इजलासले मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्