Logo

पत्रकारसँग बोल्दाबोल्दै पक्राउ परे इतिहासकार रामचन्द्र



Spread the love

३ पुस, काठमाडौं । भारतको बेङलुरूमा पत्रकारसँग कुराकानी गर्दागर्दै इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन्। ६१ वर्षीय गुहालाई बिहीबार बिहान बेङलुरूस्थित सभागृहमा नागरिकता कानुन संशोधनको विरोधमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका पत्रकारलाई प्रतिक्रिया दिइरहेका बेला प्रहरीले पक्राउ गरेको हुन्।

बिहीबार सभागृह वरिपरि ठूलो समूहमा भेला हुन प्रतिबन्ध लगाएको थियो। त्यसका बाबजुद त्यहाँ नागरिकता कानुन संशोधन विरोधी प्रदर्शन गर्न पुगेका थिए। पत्रकारहरूसँग कुराकानी गरिरहेका गुहालाई एक प्रहरीले तानेर गाडीभित्र हालेको भिडिओ सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्