Logo

पीपीएल: चितवनको लगातार दोस्रो जित



Spread the love

३ पुस, काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्टर्स चितवन राइनोजसँग लज्जास्पद हार बेहोरेको छ । बुटवल चितवनसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित भएको हो ।

२ सय ४ रनको विशाल लक्ष्य पछ्याएको बुटवल १८.४ ओभरमा मात्र ८४ रनमा अल आउट भयो । बुटवलका लागि शिभम् सिंहले सबैभन्दा ३३ रन जोडे भने भीम सार्कीले २१ रन बटुले। बलिङमा चितवनका कारण केसीले ४ विकेट लिए। रोहान मुस्ताफाको नाममा २ विकेट रह्यो। बलिङ र ब्याटिङमा चलेका मुस्ताफा खेलको म्यान अफ दि म्याच भए।

त्यस अघि पोखरा रंगशालमा भइरहेको खेलमा चितवनले बुटवललाई २०४ रनको मध्यम लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङ थालेको चितवनका लागि कप्तान पारसले अर्धशतकीय पारी खेले । ४० बलको सामना गर्दै पारसले ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाए। त्यस्तै रोहन मुस्तफाले पनि चितवनका लागि नट आउट रनको अर्धशतकीय पारी खेले ।

५६ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन बनाएका थिए । चितवनका लागि आरिफ शेखले ४० रनको योगदान गरे । बाबर हायत १ रन बनाउदा सन्नी पटेलले ४ रनको योगदान गरे । बलिङमा अफ्ताबुद्दिन अहमदले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्