Logo

पुस ११ देखि नयाँ सभामुख चयनको प्रक्रिया सुरू हुने



Spread the love

४ पुस, काठमाडौं । पुस ११ देखि प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया सुरू हुने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले बताएका छन् ।

बैठकले आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने सहमति पनि जुटाएको छ। सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्। तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ।

प्रतिक्रिया दिनुहोस्