Logo

ए डिभिजन लिग : मच्छिन्द्र र च्याशलबीच बराबरी



Spread the love

४ मंसिर, काठमाडाैँ – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लब र च्याशल युथ क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलमा शुरुआती अग्रता भने च्याशलले लियो । खेलको २८औँ मिनेटमा सन्तोष साहुखलले डिबक्स बाहिरबाट बायाँ खुट्टाले दोस्रो बार च्यापेर गोल गरेका थिए । खेलको निर्धारित समयको दुई मिनेट बाँकी हुँदा मच्छिन्द्रले बराबरी गोल फर्कायो । च्याशलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई डिबक्स भित्रबाट मच्छिन्द्रका खेलाडी देवेन्द्र तामाङले सहजै गोल गरेका थिए । यस खेलसँगै च्याशल चार अङ्कसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ भने मच्छिन्द्रको तीन अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्