Logo

विश्व भोभिन्म मार्सल आर्ट च्याम्पियनसिपमा नेपाललाई दुई पदक



Spread the love

५ पुस, काठमाडाैँ – नेपाल हप्किडो मार्सल आर्ट संघको निमन्त्रणामा कम्बोडियाको फेनम फेन सहरमा आयोजित छैठौं विश्व भोभिनाम मार्सल आर्ट च्याम्पियनसिपमा सहभागी नेपालका शंकर भुजेलले कास्य पदक हात पार्न सफल भएका छन् ।

भुजेलले उक्त प्रतियोगितामा ५७ के.जि तौल समुहमा लावसका खेलाडीलाई पराजित गर्दै सेमिफाईनलमा पुगेका थिए। सेमीफाइनलमा उनी भियतनामका खेलाडीसँग पराजित हुन पुगेका छन् । उक्त प्रतियोगितामा विश्व भरिका २१ वटा देशले सहभागिता जनाएका छन्। भुजेलले यो समेत दोस्रो पटक विश्व च्याम्पियनसिपमा कास्य जित्न सफल भएका छन्।

त्यस्तै नेपालका सुभाष परियारले ५१ केजि तौल समुहमा रजत पदक हात पारेका छन्। परियार म्यानमारका खेलाडीलाई जित्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्। उनी सेमिफाइनलमा बगंलादेशका खेलाडीलाई पछि पार्दै फाईनलमा प्रवेश गरेका थिए । फाईनलमा कम्बोडियाका खेलाडीसँग पराजित हुँदै परियारले रजतमा चित्त बुझाउनु परेको हो ।

 

रजत विजेतामध्ये १ शंकर भुजेल सल्लेरी खबरका फोटो पत्रकार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्