Logo

पिपिएल: साविक विजेता पोखराले दियो धनगढीलाई ८० रनको सामान्य लक्ष्य



Spread the love

७ पुस, पोखरा। पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेट अन्तर्गत आज भएको खेलमा पोखरा पल्टनले धनगढी ब्लुजलाई ८० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ थालेको पोखराले सुरुवात देखिने नै सम्हालिएर ब्याटिङ गर्न सकेन। १६.३ ओभर ब्याटिङ गरेको पोखराले मात्र ७९ रन बनाउँदा अल आउट भएको हो । जुन प्रतियोगिताकै सबैभन्दा कम योगफल हो।

पोखराका लागि ओपनिङमा ब्याटिङ गर्न आएका कुशल भुर्तेलले ७ बलको सामना गर्दै मात्र ६ रन बनाए भने अर्का ओपनर आसिफ शेखले २९ बलमा ३२ रन जोडेका थिए । कप्तान शरद भेषावकर ४ रन, रवि इन्दर सिंह शून्यमै आउट भए भने बिनोद भण्डारी १२ रन बनाएर आउट भए। त्यस्तै, कुशल मल्ल २ रन, रोहित कुमार पौडेल शुन्यमा आउट भए भने प्रथमेस डाके ५ बलमा २ रन बनाएर बोल्डआउट भए।

धनगढीका अनिल खरेलले तीन, दीपक पुनिया, कमल सिंह ऐरी र सागर ढकालले दुई–दुई विकेट लिए।

प्रतिक्रिया दिनुहोस्