Logo

ट्रकको ठक्करबाट छोरालाई स्कुल पुर्‍याउन गएका अर्जुनबहादुरको ज्यान गयो



Spread the love

८ पुस, काठमाडौं । काठमाडौंको गुर्जुधारामा ट्रकको ठक्करले मोटरसाइकल चालक ४१ वर्षका अर्जुनबहादुर केसीको मृत्यु भएको छ। मंगलबार बिहान प्रदेश ३-०२-००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो।

पर्वत ठूलोपोखरी घर भएका भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ७ चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको छ। केसी छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै थिए।

मोटरसाइकलमा सवार छोरा घाइते भएका छन् । उनको ओम समाज हस्पिटलमा उपचार भइरहेको छ । सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्