Logo

पिपिएल : चितवन राइनोज फाइनलमा



Spread the love

८ पुस, पोखरा – चितवन राइनोज कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)को फाइनलमा प्रवेश गरेको छ । लिग चरणको आज भएको आफ्नो अन्तिम खेलमा काठमाडौँ गोल्डेन्सलाई पराजित गर्दै चितवनले उपाधि पक्का गरेको हो । चितवन लिग चरणका पाँचवटै खेल जित्दै अङ्क तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

पोखरा रङ्गशालामा भएको खेलमा भएको खेलमा पारस खड्काले कप्तानी गरेको चितवनले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँलाई ६० रनले पराजित गरेको हो । टस जितेर काठमाडौँले फिल्डिङ राजेपछि चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १६७ रन बनायो । १७८ रनको विजयी लक्ष्य पर्याउने क्रममा काठमाडौँले २० ओभरमा नौ विकेट गुमाएर १०७ रन मात्र बनायो । चितवनका लागि बाबर हयातले ७०, रोहन मुस्तफाले अविजित ५९ तथा आरिफ शेख र सन्नी पटेलले १५÷१५ रन बनाए । बलिङतर्फ काठमाडौँका सुशन भारी, वसन्त रेग्मी र अमरसिंह रौतेलाले एक÷एक विकेट लिए ।

यस्तै विजयी लक्ष्य पछ्याउने क्रममा काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्लले ४०, पवन सर्राफले २७ तथा पृथु बाँस्कोटाले १८ रन बनाए । बलिङतर्फ चितवनका सन्नी पटेलले तीन, रोहन मुस्तफाले दुई तथा करन केसी, भुवन कार्की, पारस खड्का र रामनरेश गिरीले एक÷एक विकेट लिए । हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्