Logo

तारकेश्वरमा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु



Spread the love

११ पुस, काठमाडौं । काठमाडौँको तारकेश्वरमा फोहर बोकेको टिपर दुर्घटना हुँदा चालक र सहचालकले ज्यान गुमाएका छन् । कीर्तिपुरबाट फोहोर बोकेर गइरहेको ना २ क ३३८ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएको बालाजु प्रहरी वृत्तका डीएसपी रञ्जितसिंह राठोरले जानकारी दिए ।

मृत्यु हुनेमा हेटौडा घर भई कलंकी बस्ने चालक माइला लामा र धादिङको गल्छी घर भएका सहचालक कमल लामा रहेका छन् ।
दुवैजनाको टिपरमा च्यापिएर मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्