Logo

प्रतिनिधि सभाको बैठक आउँदो १६ गते सम्मका लागि स्थगित



Spread the love

११ पुस, काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । शुक्रबार १ बजे बैठक बस्ने र बैठकमा सभामुख चयन प्रकृया अघि बढाइने यस अघि नै कार्यसूचीसमेत तय भइसकेको अवस्थामा अन्तिममा आएर बैठक सूचना टाँस गरेर स्थगित भएको हो ।

अर्को बैठक आउँदो १६ गते बुधबार दिउँसो १ बजे बस्ने गरी स्थागित भएको छ । सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसक्दा अन्तिम समयमा सूचना टाँस गरेर बैठक स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्