Logo

प्रधानमन्त्री केपी शर्मा ओली डायलाइसिसका लागि मनमोहनमा



Spread the love

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार दिउसो महाराजगञ्ज स्थित टिचिङ अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनि दिउसो २ बजे टिचिङ अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आएपछि पछिल्लो समय प्रधानमन्त्री ओलीको नियमित डायलासिस भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्