Logo

कबाडी कारखानामा आगलागी



Spread the love

१३ पुस, ललितपुर – ललितपुर नगरपालिका–३ सानेपास्थित कबाडी कारखानामा भीषण आगलागी भएको छ ।

शनिबार बेलुकी करीब ८ः१५ बजेतिर लागेको आगो नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर, ललितपुरका छ दमकल, केही पानीट्याङ्कर प्रयोग गरिएको थियो ।

आगो नियन्त्रण गर्न धेरै समय लागेको  प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी क्रियाशील रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्