Logo

रुकुमपूर्वमा पुनः हिमपात, चिसोले जनजीवन प्रभावित



Spread the love

१७ पुस, रूकुम – रुकुमपूर्वको उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात भएको छ । रुकुमपूर्वमा यस वर्ष भएको यो दोस्रो हिमपात हो । जिल्लाका उच्च हिमाली तथा लेकाली क्षेत्रमा हिमपात हुँदा जिल्लाको सबै ठाउँमा पानी परेको छ । पानी र हिमपातका कारण जिल्लामा चिसो बढेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

प्रदेश नं ५ को एकमात्र हिमाली जिल्लाको रूपमा रहेको रुकुमपूर्व मङ्सिरको अन्तिम साता हिमपात भएको थियो । जिल्लाका विभिन्न ठाउँमा भएको हिमपात र वर्षाले किसान भने हर्षित भएका छन् । सिँचाइसुविधा नभएको र सधैँ आकाशे पानीको भरमा खेतीपाती गर्ने किसानलाई भने बेला–बेलामा हिमपातसँगै भएको वर्षाले ठूलो राहत मिल्ने गरेको सिस्ने गाउँपालिका वडा नं ५ का वसन्त बस्नेतले बताए ।

हिमपात तथा वर्षाले कतै मानिस खुशी भएका छन् त कतै चिसोले जनजीवन नै प्रभावित बन्न पुगेको बताए । हिमपात हसँदा मानिसलाई पनि बाहिर निस्कन, हिँडडुल तथा दैनिक कामकाज गर्न समस्या भएको उनले बताएका छन् । यतिबेला जिल्लावासी जङ्गलबाट ल्याएको दाउरा बालेर आगो ताप्दै बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्