Logo

नक्कली परीक्षार्थी पक्राउ



Spread the love

१८ पुस, काठमाडाैँ – सवारी चालक अनुमतिपत्रको लागि लिइने प्रयोगात्मक परीक्षामा सहभागी दुई नक्कली प्ररीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको सुकेधारास्थित नक्कली नेपाली नागरिकता बनाइ फरक व्यक्तिले ट्रायल परीक्षा दिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका मानबहादुर ब्लोन र ललितपुर सात दोबाटोका सरोज शाही रहेको महाशाखाले जनाएको छ । उनीहरुबाट अर्काको फोटो टाँसेर प्रयोग गरिएको नागरिकता, यातायात व्यवस्था विभागबाट परीक्षकका लागि दिइएको निवेदन बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्