Logo

एक किलो सुनसहित दुई भारतीय पक्राउ



Spread the love

१८ पुस, काठमाडाैँ – भित्री बस्त्रमा सुन लुकाएर ल्याउने भारतीय नानगरिकलाई बिहीबार प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ । अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रामत्रिपाल शाहका अनुसार भारतीय नागरिकले नौलो तरिका अपनाएर एक किलो सुन नेपाल भित्र्याए पनि उनीहरुको योजना प्रहरीले विफल बनाएको छ । सुन तस्करीमा संलग्न दुई भारतीयलाई पक्राउ गरिएको समेत उनले जानकारी दिए ।

सुन लिएर दुबइबाट आएका कासिव मोहम्मदले भारतबाट आएका मुसाफिन मोहम्मदलाई सुन हस्तान्तरण गर्ने क्रममा विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट गालेर पोको बनाएको अवस्थाको एक किलो सुन बरामद भएको छ । विमानस्थलमा राखिएको यन्त्रले समेत सुन पत्ता नलागेपनि प्रहरीले शङ्का लागेर जाँच गर्दा सुन बरामद गरी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्