Logo

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा ७ जना घाइते



Spread the love

१९ पुस, चौतारा। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकोले उपचारको लागि काठमाडौँ लगिएको र अन्यको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा२च६९६५ नम्बरको जीप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्