Logo

भोली काठमाडौंको भृकुटिमण्डपमा हजारौ युवाहरु कालो टिसर्टमा उत्रदै



Spread the love

भदौ २३ ,काठमाडौँ -सल्लेरी खबर । भोली काठमाडौंको भृकुटिमण्डपमा हजारौ युवाहरु बौद्दिक बिद्रोहको सन्खघोस हुँदै छ ।

“रास्ट्रवादी केन्द्र नेपाल “को आयोजनमा भोली ठिक १ वजे हजारौ युवाहरुको सहभागितामा र्यालि सुरुवात हुँदै छ ।
“सरकार स्वदेश मै काम गरेर खान दे ” भन्ने मूल नाराका साथ “युवा बेच्न बन्द गर्”, “योग्यता, दक्ष्यता अनुरुपको रोजगारी स्वदेश मै दे”, “माटो सुहाउदो शिक्षा प्रणाली लागु गर्”, भन्ने मूल उद्देश्य बोकेको र यो पुर्ण स्वतन्त्र अभियान रहेको रास्ट्रवादी केन्द्रका केन्द्रिय सदस्य एवम रास्ट्रवादी विद्यार्थी केन्द्रका केन्द्रिय अध्ययक्ष तारा प्रसाद अर्यालले सल्लेरी खबर लाई बताए ।

अब नेपाली युवाहरुलाई कतार, दुवै , युरोप्, अमेरिकाको सरकारले हैन, नेपाल सरकारले सुनिस्चित गर्नु पर्छ, आफ्ना देशका नागरिक बेचेर शासन सत्ता चलाउनेहारुका विरुद्द यो अभियान रहेको उनले बताए । “हामिले उठाएका शान्ती पूर्ण, शिष्ट , नैतिक र सभ्य आन्दोलनलाई राज्यले कमजोरिको रुपमा ठान्यो भने यो शान्तीपूर्ण आन्दोलन बौद्दिक बिद्रोहमा रुपान्तरण हुने उनले बताए ।”
र्यालिमा कालो टिसर्ट र हजारौ राष्ट्रीय झान्डाहरुमा हजारौ युवाहरुको सहभागिता रहने र देश प्रती माया गर्ने आम नेपाली युवावर्गलाई र्यालिमा सहभागी हुन अपिल समेत उनले गरे ।

प्रतिक्रिया दिनुहोस्