Logo

एनआरटी र जावलाखेल युथ क्लवले अङ्क बाँडे



Spread the love

२१ पुस, काठमाडाैँ – शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियागिताअन्र्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पाँचाँै चरणको पहिलो खेलमा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् । खेलमा विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा दुवै टोलीले एक÷एक अङ्क बाँडेका हुन् ।

खेलमा म्यान अफ दि म्याच जावलाखेलका कप्तान कुलदीप कार्की छानिए । बराबरीसँगै जावलाखेलले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमायो । जावलाखेलले यस खेलसँगै नौ अङ्क जोडेको छ । एनआरटीले भने पाँच अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्