Logo

१८० जना सवार युक्रेनी विमान इरानमा दुर्घटना, कोही पनि जीवित नरहेको आशंका



Spread the love

२३ पुस, काठमाडौं । इरानको राजधानी तेहरान नजिकै युक्रेनको विमान दुर्घटनामा परेको छ । बधुबार बिहान तेहरानको इमाम खोमेइनी विमानस्थलबाट १८० जना यात्रु तथा चालकदलका सदस्य लिएर इरान उडेको केही बेरमै दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बोइङ्ग ७३७–८०० जेट विमान उडान भरेको केही बेरपछि नै तेहरानको दक्षिण पश्चिमी क्षेत्र पारान्डमा दुर्घटनाग्रस्त भएको हो । इरानको रेड क्रेसन्टले सो दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ। फार्स स्टेट न्युज एजेन्सीका अनुसार विमान युक्रेनको राजधानी किएभका लागि उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्