Logo

जिम मोरिसनलाई माफी दिन केही वर्ष लाग्यो– जोन डेन्समोर



Spread the love

एजेन्सी । लिजेन्ड्री ब्यान्ड द डुवर्सका ड्रमर जोन डेन्समोरले गायक तथा कवि जिम मोरिसनलाई माफी दिन केही वर्ष लागेको बताएका छन् । सन् १९७१ मा पेरिसको एउटा अपार्टमेन्टको बाथटबमा जिम मोरिसन मृत अवस्थामा भेटिएका थिए ।
ब्यान्डमेटको मृत्यु भएको ३ वर्षसम्म डेन्समोर जिमको समाधिस्थलमा गएनन् । न त उनी अन्त्येष्टिमा नै गए । उनी भन्छन्, “ के म जिमलाई घृणा गर्छु ? होइन म उसको मूर्खतालाई घृणा गर्छु । २७ वर्षमै गयो । अब म के भनुँ ? ”

जिम मोरिसन रकस्टारको रुपमा निकै चम्केका थिए । लेदरको ट्राउजरमा सजिने जिम साठीको दशकको ठुला स्टार हुन् । लाइट माइ फायर, ब्रेक अन थ्रु, राइडर्स अन द स्ट्रोम्स, पीपल्स आर स्ट्रेन्जजस्ता सुपरहिट गीतहरु गायर चर्चामा आएका जिम मोरिसनको जीवन भने निकै खराब थियो । उनी जतिबेला पनि नशामा रहन्थे । कन्सर्ट होस् या टुर होस् या त बिदामा ।

डेन्समोर उनलाई साइकोपाथ, लुन्याटिक भनी सम्बोधन गर्छन् । त्यो बेलामा मैले सम्झाउन सकिंन । किनकि म त्यति परिपक्व भएको थिइन । अनि त्यो युग अर्कै थियो । धेरैले यदि आज जिम मोरिसन बाँचेको भए के उ अल्कोहोलिक हुँदैनथ्यो त भनी प्रश्न गर्छन् । यसको जवाफमा मैले “जिम सुध्रिएको हुन्थ्यो, जीम भलाद्मी थियो भनी उत्तर दिने गरेको छु । ”
जोन डेन्समोर सन् १९९० मा उनले द डुअर्स ब्यान्डको बारेमा किताब लेखेका थिए । उक्त किताबलाई उनले रगतमा लेखिएको भनी संज्ञा दिन्थे । पछि ओलिभर स्टोनले उक्त किताबाबाट द डुअर्स फिल्म बनाएका थिए । उक्त फिल्ममा जिम मोरिसनको वाइल्डनेस मजाले देख्न सकिन्छ ।
सन् २०१३ मा किबोर्डिस्ट रे मन्जारेकको मृत्युपछि अहिले ड्रमर डेन्समोर र गितारिस्ट रोबी क्रिगरमात्र जीवित रहेका छन् । रेसँग डेन्समोरको राम्रो सम्बन्ध थिएन । रे मन्जारेकको पनि बायोग्राफी फिल्म रिलिज हुँदैछ । सन् २००० को सुरुवातमा मन्जारेक र क्रिगरले द डुवर्स नामबाट कन्सर्ट टुर गर्न खोजिरहेका थिए । तर डेन्समोरले रोके । कुरा अदालतसम्म गयो । डेन्समोरले पैसाको लागि कलाकारिता बेच्न दिएनन् । डेन्समोर एक्लैले द डुअर्सको लिजेन्ड्री बचाउन लागिपरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्