Logo

असम्भव खेल हातमा पर्यो– डियगो सिमाेनी



Spread the love

एजेन्सी । गएराति सम्पन्न भएको सुपरकोपा सेमिफाइनलमा एट्लेटिको मड्रिडले बार्सिलोनालाई ३–२ ले हराएपछि एट्लेटिको मड्रिडका प्रशिक्षक डियगो सिमोनीले असम्भव खेल हातमा परेको बताएका छन् ।

पोस्ट म्याचपछि पत्रकार सम्मेलनमा सिमोनीले भने, “हामी फाइनलमा पुगेका छौँ, त्यसैले अब हामी शान्त बस्नुपर्छ । समर्थक, क्लब र खेलाडीको लागि यो निकै महत्वपूर्ण रहेको छ । विश्वकै उत्कृष्ट क्लबविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो । हामीले पहिलो हाफमा राम्रो प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा भने राम्रो प्रदर्शन गर्न सफल रह्यौँ । सम्भवत यो खेल हाम्रो लागि असम्भव नै थियो तर खेल हामीले हातमा पार्यौँ । ”

जनवरी १० मा एट्लेटिको मड्रिडले रियल मड्रिडसँग सुपरकोपा ट्रफीको लागि प्रतिस्पर्धा गर्नेछ ।

“जिनादिन जिदान उत्कृष्ट प्रशिक्षक हुन् । यस कुरामा कुनै शंका छैन । सिजनको सुरुवातसँगै उनीहरुले धेरै परिवर्तन गरेका छन् । हामीले रियल मड्रिडविरुद्धको खेलमा जित निकाल्न सक्दो कोशिस गर्नेछौँ, ” सिमोनीले थपे ।

प्रतिक्रिया दिनुहोस्