Logo

बार्सिलोनामा काम गर्ने मेरो सपना– जाभी



Spread the love

एजेन्सी । बार्सिलोनाका लिजेन्ड जाभी हर्नाडेजले बार्सिलोनामा काम गर्ने आफ्नो सपना भएको बताएका छन् ।
सुपरकोपाको सेमिफाइनलमा बार्सिलोना एट्लेटिको मड्रिडद्धारा पराजित भएपछि बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भाल्भार्डे बार्सिलोनाबाट हटाइन सक्ने चर्चा चलेको छ ।

जाभीले बार्सिलोनाका निर्देशक इरिक अभिडालसँग भेट भएको र यो सिजनको अन्त्यतिर बार्सिलोनाको प्रशिक्षकको रुपमा अवसर पाउन सक्ने दाबी गरेका छन् ।

तर हर्नाडेजले भेटबारेमा प्रयाप्त जानकारी दिएका छैनन् ।
पत्रकार सम्मेलनमा बोल्दै हर्नाडेजले भने, “बार्सिलोनामा प्रशिक्षकको रुपमा काम गर्न पाउनु मेरो सपना हो । मैले यस कुरालाई लुकाउन सक्दिंन । मैले बार्सिलोनालाई हृदयबाट नै समर्थन गर्छु ।”

“अभिडाल मेरो साथी हो । मैले उनीसँग धेरै पटक भेटेको छु । अहिले म केही भन्न सक्दिन । म बार्सिलोनाला, भाल्भार्डे र खेलाडीलाई सम्मान गर्छु । बार्सिलोनासँग मैले धेरै विषयमा कुरा गरेको छु । यहाँभन्दा धेरै विषयमा म भन्न सक्दिंन, ” हर्नाडेजले थपे ।

जाभी हर्नाडेज स्पेनिश खेलाडी हुन् । बार्सिलोनामा उनले १७ सिजन खेली अनेकन ट्रफी दिलाएका छन् । उनी विश्वको उत्कृष्ट मिडफिल्डर अन्तर्गत गनिन्छन् । बार्सिलोना छाडेपछि कतारी क्लब अल साडमा चार वर्ष बिताएका हर्नाडेज अहिले सोही क्लबमा प्रशिक्षकको रुपमा काम गरिरहेका छन् । उनी गएको मे महिनामा प्रशिक्षकको रुपमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्