Logo

भिन्सेन्ट भेट्न मुस्किल– ग्वार्डिओला



Spread the love

एजेन्सी । अहिलेको सिजनमा म्यानचेस्टर सिटीले अरुभन्दा पनि भिन्सेन्ट कम्पनीलाई निकै याद गरिरहेको छ । कम्पनी डिफेन्डरमात्र थिएनन् । उनको नेतृत्वसीपको प्रभाव इटिहाडमा राम्रो परेको थियो ।
कम्पनी आधुनिक सिटीको मुटुको धड्कन बने । उनले ड्रेसिंग रुममा दिने भाषण गजबको हुन्थ्यो ।
सिटीमा बस्ने अवसर प्राप्त भइकन पनि उनी सिटी छाडेर बेल्जियमको क्लबमा प्लेयर म्यानेजरको रुपमा काम गर्न गएपछि क्लबले यो कुरा बुझिसकेको थियो कि कम्पनीको स्थान अरुले लिन असम्भव छ ।

३३ वर्षीय भिन्सेन्ट कम्पनी सन् २००८ मा म्यानचेस्टर सिटीमा अनुबन्ध भएका थिए । ११ सिजन सिटीमा बिताएका कम्पनीले क्लबलाई जुन उचाइमा पुर्याए, त्यसको वर्णन गरिसाध्य छैन । सिटीको इतिहासमा उनी कोसेढुंगा बने ।

सिटीसँग अझै पनि ट्रफीहरु जित्नको लागि अनुभवी खेलाडीहरु छन । सर्जियो अग्युइरो, डेविड सिल्भा र फर्नान्डिन्हो ३० वर्ष कटिसकेका छन् भने केभिन डी ब्रुनी र रहिम स्ट्रलिङजस्ता युवा खेलाडीहरु पनि छन् । तर कम्पनीको ठाउँमा आउनु भिन्दै कुरा हो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओला भन्छन्,“सबै खेलाडीहरु छुट्टाछुट्टै छन् । सबै कुरामा कम्पनीजस्तो पोख्त हुन सक्दैनन् । हामीलाई थाहा नै छ । तर मानिसहरु आफ्नो आफ्नो ठाउँमा विशेष हुन्छन् । केही कप्तानहरु केही भन्दैनन् तर मैदानमा उत्कृष्ट हुन्छन् । मैले खेलाडीहरुलाई कम्पनी भनेको कम्पनी हो । उसको नक्कल गर्नुपर्दैन । जो जस्तो छ त्यहीं नै बन्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्