Logo

अग्युइरोको नयाँ कीर्तिमान



Spread the love

एजेन्सी । गएराति सम्पन्न भएको प्रिमियर लिग खेलमा एस्टन भिल्लामाथि म्यानचेस्टर सिटीले जित निकालेको छ । म्यानचेस्टर सिटीको जितमा अर्जेन्टिना तथा म्यानचेस्टर सिटीका फर्वाड सर्जिओ अग्युइरोले ह्याट्रिक गरे । सिटीले भिल्लालाई उसकै मैदानमा ६–१ को फराकिलो मतले हराएको हो ।

सिटीको जितसँगै सिटीका स्ट्र्राइकर अग्युइरोले प्रिमियर लिगमा नयाँ इतिहास बनाएका छन् । प्रिमियर लिगमा सबैभन्दा बढि गोल गर्ने खेलाडीको सूचिमा अहिले अग्युइरो चारौँ स्थानमा रहेका छन् । उनी हिजोको खेलभन्दा अगि आर्सनलका लिजेन्ड थिएरी हेनरीको पछाडि थिए । थिएरी हेनरीले प्रिमियर लिगमा १७५ गोल गरेका छन् । अग्युइरोले हेनरीलाई मात्र नजिती चेल्सकी लिजेन्ड फ्रांक लाम्पार्डसँग बराबर १७७ गोलको रेकर्ड बनाए ।

यसैगरी अग्युइरोले प्रिमियर लिगमा सबैभन्दा बढि ह्याट्रिक गर्ने न्यू क्यासलका लिजेन्ड एलन शेययरको रेकर्ड पनि तोडेका छन् । शेययरले प्रिमियर लिगमा ११ ह्याट्रिक गरेका थिए भने अग्युइरोले गएरातिको ह्याट्रिक सँगै १२ ह्याट्रिक गरेका छन् ।

३१ वर्षीय अग्युइरो सन् २०११ को जुलाइमा एट्लेटिको मड्रिडबाट म्यानचेस्टर सिटीमा अनुबन्ध भएका थिए । आठ वर्ष सिटीमा बिताइसकेका अग्युइरो सिटीका मुटु हुन्, धड्कन हुन् ।

प्रतिक्रिया दिनुहोस्