Logo

क्रिटिक्स च्वोइस अवार्डमा एभेन्जर्स इन्डगेम, वान्स अपन अ टाइम र जोकर



Spread the love

एजेन्सी । २५ औँ क्रिटिक्स च्वोइस अवार्ड हिजो क्यालिफोर्नियाको सान्टा मोनिकामा सम्पन्न भएको छ । क्रिटिक्स अवार्डले टिभी र फिल्मस्टारहरुलाई सम्मान गरेको थियो । जहाँ क्वान्टिन टारन्टिनोको फिल्म वान्स अपन अ टाइम इन हलिउडले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ । उत्कृष्ट कलाकारको रुपमा भने जोकर फिल्ममा अभिनित वाकिन फिनिक्स सम्मानित भएका छन् भने एभेन्जर्स इन्डगेमले उत्कृष्ट भीएफएक्स र उत्कृष्ट एक्सन फिल्मको विधामा क्रिटिक च्वोइस अवार्ड प्राप्त गरेको छ ।

२०१९ मा रिलिज भएका फिल्महरुमध्ये निकै चर्चामा आएका फिल्म १९१७ र पारासाइटका निर्देशकले उत्कृष्ट निर्देशकको अवार्डद्धारा सम्मानित भए । यसरी सम्मानित हुनेमा १९१७ फिल्ममा निर्देशक साम मेन्डिस र पारासाइट फिल्मका निर्देशक बोन जुन हो हुन् ।

यसैगरी मार्टिन स्कोर्सेजको द आइरिसम्यानले बेस्ट एक्टिङ इन्सेम्बलको अवार्ड,टोय स्टोरी ४ ले बेस्ट एनिमेटेड फिचर अवार्ड र पारासाइटले उत्कृष्ट विदेशी भाषा फिल्ममा अवार्ड प्राप्त गरेका छ ।

प्रतिक्रिया दिनुहोस्