Logo

इन्टरमा जानु मेरो सही विकल्प– राेमेलु लुकाकु



Spread the love

एजेन्सी । इन्टर मिलान तथा बेल्जियमका स्टार रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेड छाडेर इन्टर मिलानमा इन्टर मिलानमा आबद्ध हुनु सही विकल्प भएको बताएका छन् ।

गएराति भएको कोप्पा इटालिका अन्तर्गतको खेलमा इन्टर मिलानले काग्लियरीलाई ४–१ ले हराएको थियो । उक्त खेलमा रोमेलु लुकाकुले दुई गोल गरेका थिए । उनले पहिलो गोल खेल सुरु भएको २१ सेकेण्डमा नै गरेका थिए । नयाँ सिजन सुरु भएपछि उनले इन्टर मिलानको लागि १८ गोल गरिसकेका छन् ।

लुकाकुले भने,“मैले आफ्ना साथी, प्रशिक्षक र समर्थकहरुलाई धन्यवाद दिनुपर्छ । सबैले मलाइ सुरुका दिनबाट नै सहयोग गर्दै आइरहेका छन् । इन्टर मेरो उत्कृष्ट विकल्प थियो । मैले यहाँ योगदान दिनसक्छु । यहाँ मेरो भूमिका टिमलाई सहयोग पुर्याउनु हो र समर्थकहरु पनि यहीं नै चाहन्छन् । मैले यस सिलसिलालाई कायम गर्नुपर्दछ । ”

सिरी एको तालिकामा मिलान अहिले सिरी च्याम्पियन्स युभेन्टसभन्दा दुई अंकले तल रहेको छ ।
२६ वर्षीय लुकाकु गएको अगस्टमा युनाइटेडबाट सिरी ए साइड इन्टर मिलाना अनुबन्ध भएका थिए । युनाइटेडको पहिलो सिजनमा राम्रो प्रदर्शन देखाएका लुकाकुले दोस्रो सिजनमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । तर इन्टर मिलानमा गएदेखि भने उनी निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्