Logo

रोनाल्डोले भन्दा मेस्सीले बढी बालोन डी’ ओर जित्दा सार्रीलाई चिन्ता



Spread the love

एजेन्सी । सिरी ए च्याम्पियन्स युभेन्टसका प्रशिक्षक माउरिसिओ सार्रीले युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले भन्दा बढी मेस्सीले बालोन डी ’ ओर जित्दा आफू चिन्तित भएको बताएका छन् ।

बर्सिलोनाका कप्तान लिओनल मेस्सीले गएको डिसेम्बरमा २०१९ को बालोन डी ’ ओर जितेका थिए । यसभन्दा अगि दुबैले बराबर ५–५बालोन डी’ ओर जितेका थिए ।

रोनाल्डोले युभेन्टसलाई सिरी ए टाइटल र पोर्चुगललाई नेसन्स लिग जिताए पनि बालोन डी ’ ओर पाउन सकेनन् ।

गएराति कोप्पा इटालीकामा यूडीनेसलाई यूभेन्टसलाई ४–० ले हटाएको थियो । पोस्ट म्याचपछि पत्रकारहरुसँग बोल्दै सार्रीले भने,“म रोनाल्डोलाई छैटौँ बालोन डी’ ओर जिताउन चाहन्छु । कसैले रोनाल्डोले भन्दा बढी बालोन डी’ ओर जितेको सोंच्दा पनि आफूलाई चिन्ता लाग्छ । मैले उनको बारेमा सोंचेको छु । मलाइ लाग्छ उनलाई सहयोग गर्नु मेरो उद्धेश्य हो ।”

प्रतिक्रिया दिनुहोस्