Logo

विजय सेतुपति अल्लु अर्जुन र रश्मिका मंदनासँगै देखिने



Spread the love


एजेन्सी । तमिलस्टार विजय सेतुपति अल्लु अर्जुन र रश्मिका मंदनासँगै देखिने भएका छन् । निर्देशक सुकुमार रेड्डीको चलचित्र साइ रा नरसिंहा रेड्डीमा विजय छोटो भूमिकामा देखिएका थिए । तत्काल फिल्मको नाम एए ट्वान्टी राखिएको छ । एए ट्वान्टीमा भने अल्लु अर्जुन र रश्मिकासँगै विजय प्रमुख भूमिकामा देखिनेछन् ।

सुकुमारले चलचित्र सुटिंगको लागि ठाउँ पनि छानिसकेका छन् । अल्लु अर्जुन र सुकुमार पछिल्लो समयमा निकै जमिरहेका छन् । आर्या, आर्या टु, पनि सुकुमारको निर्देशनमा बनेका फिल्म हुन् । यी दुबै फिल्मले अर्जुनलाई निकै उचाइ दिएको थियो र विभिन्न विधामा उनी अवार्डको लागि पनि मनोनित मात्र भएनन्, आफ्नो पोल्टामा पनि पारे ।

प्रतिक्रिया दिनुहोस्