Logo

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले दियाे निर्देशन



Spread the love

काठमाडौं – जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको छ। २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए।

पुष २३ गते प्रसाईँले पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।  त्यसपछि डा. गिरी मानहानी भएको भन्दै अदालत पुगेका हुन्। त्यही मुद्दामा प्रसाईँलाई पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो।

प्रतिक्रिया दिनुहोस्