Logo

बलपूर्वक कर्मचारी तान्दै मन्त्री : गाउँपालिकाका अधिकृतलाई आफ्नै निजी सचिवालयमा



Spread the love

स्थानीय तहमा कर्मचारी पठाउन गम्भीर समस्या भइरहेको अवस्थामा सरकारकै सात राज्यमन्त्रीले विभिन्न जिल्लाका सात गाउँपालिकाका कार्यकारी अधिकृतलाई सोर्सफोर्स प्रयोग गर्दै बलपूर्वक आफ्नै निजी सचिवालयमा ल्याएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट नभएर अन्य निकायबाट अधिकृत माग्न पटक-पटक गरेको आग्रह अटेर गर्दै मन्त्रीहरूले कार्यकारी अधिकृतलाई नै सचिवालयमा झिकाएका हुन् ।

कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन, सहरी विकास राज्यमन्त्री छमबहादुर गुरुङ, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ, महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसैन, पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवर र सामान्य प्रशासन राज्यमन्त्री वाङ्दी शेर्पाले सामान्य प्रशासनमन्त्री र सचिवलाई दबाब दिएर तहका कर्मचारी तानेका हुन् भन्ने खबर  आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्