Logo

पल पोग्बाले युनाइटेड छाड्दा राम्रो– प्याट्रिस इभ्रा



Spread the love

एजेन्सी । म्यानचेस्टर यूनाइटेडका पूर्व डिफेन्डर प्याट्रिस इभ्राले फ्रान्सका मिडफिल्डर पल पोग्बाले युनाइटेड छाड्दा राम्रो हुने बताएका छन् ।

इभ्रा भन्छन्,“पल पोग्बा खेल्दा पनि मानिसहरु उनलाई दोष देखाउँछन् । उनी नखेल्दा पनि उनीमाथि दोष थुपारिन्छ । उनले अब युनाइटेड छाड्दा राम्रो हुन्छ ।”

यो सिजनमा पल पोग्बामाथि धेरै दोष लगाइएको छ । घाइते भएको कारण उनले धेरै खेल गुमाएका छन् ।  गएको समरमा उनी युभेन्टस र एट्लेटिको मड्रिडमध्ये एकमा जाने चर्चा थियो ।

पल पोग्बा फ्रान्सेली फुटबल खेलाडी हुन् । सन् २०१६ मा उनी युभेन्टसबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका थिए । ४ सिजन युभेन्टसमा बिताएका पोग्बा म्यानचेस्टर युनाइटेडको एकेडेमीका खेलाडी हुन् । युनाइटेडको सिनियर टिममा एक सिजन मात्र खेलेर उनी युभेन्टसमा गएका थिए ।

प्रतिक्रिया दिनुहोस्